Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • एक महिनापछि बाबुराम भट्टराई कोरोना मुक्त

    एक महिनापछि बाबुराम भट्टराई कोरोना मुक्त

    अनलाइन नेपाल
  • आइतबार, ७ मंसिर २०७७
  • 2.6K
    SHARES

    काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी श्रीमती हिसिला यमीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

    भट्टराईले आइतबार ट्वीटरमार्फत आफूहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जनाएका हुन ।



    भट्टराईले कोरोना भाइरसको महाव्याधिलाई एक्लाएक्लै जित्न नसकिने भन्दै सबैको समान प्रयास आवश्यक भएको समेत बताए ।



    भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘एक महिनापछि कोभिड–१९ सँग हामी दुबैले युद्धविराम गरियो र नेगेटिभ रिपोर्ट प्राप्त गरियो। यो युद्धविराम हो, विजय हैन। यो महाव्याधीलाई एक्लाएक्लै जित्न सकिन्न, मानवजातिले संयुक्त रुपमा जित्नु पर्छ। अतः सबैले नियमित सुरक्षा विधि जारी राखौँ । शुभकामना र विविध सहयोग गर्नुहुने सबैलाई मुरीमुरी धन्यवाद ।’

    भट्टराई दम्पतीलाई कार्तिक ७ गते कोरोना पोजेतिभ पुष्टि भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार