Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रचण्डले सांसद पदबाट राजीनामा दिनुपर्छ, कांग्रेसलाई धोका दिनु अनैतिक हो : बाबुराम भट्टराई

    प्रचण्डले सांसद पदबाट राजीनामा दिनुपर्छ, कांग्रेसलाई धोका दिनु अनैतिक हो : बाबुराम भट्टराई

    अनलाइन नेपाल
  • बिहिबार, २२ चैत्र २०८०
  • 2.3K
    SHARES

    गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

    गृह जिल्ला गोरखाका पत्रकारहरूसँगको भेटमा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले यस्तो बताएका हुन् । उनले गोरखा–२ मा नेपाली कांग्रेसका कार्यकर्ताको मतको मद्दतमा चुनाव जितेर धोका दिनु राजनीतिक रुपले अनैतिक ठहर हुने बताए ।



    उनले एउटा पार्टीको मतले जितेर अर्को पार्टीसँग मिलेर प्रधानमन्त्री बन्नु अनैतिक हुने हुँदा पुनः चुनाव लडेर जितेर जान चुनौती दिए ।



    प्रचण्डको राजनीति विचार र मुद्दाका लागि भन्दा पनि विशुद्ध सत्ता स्वार्थको लागि भएको उनले बताए । विगतमा पार्टीभित्रको सत्तामुखी रहेका प्रचण्ड अहिले राज्यको सत्तामुखी बनेको उनको आरोप छ ।

    साथै चुनाव जितेर गएदेखि फर्केर नआएकाले गोरखा २ का मतदाता प्रधानमन्त्री प्रचण्डसँग रुष्ट भइसकेको अध्यक्ष भट्टराईले आरोप लगाए । गोरखा–२ बाबुराम भट्टराईले २०६४ र २०७४ मा चुनाव लडेको निर्वाचन क्षेत्र पनि हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार