Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ब्राजिलमा रहेको परिवार समस्यामा पर्‍यो भन्दै फेसवुकमार्फत १० लाख बढी ठगी गर्ने  पक्राउ

स्याङ्जा। आफुलाई ठूलो समस्या परेको तथा विदेशमा ( ब्राजिल) रहेको परिवार गम्भिर विरामी रहेको भनि महिलालालई फेसबुक मार्फत साथी बनाई रकम असुल्दै आएका रुपचन्द्र पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।

पाण्डेले महिलाहरुलाई विश्वास दिलाई तत्काल फिर्ता गर्छु भन्दै पटक-पटक गरी १० लाख बढी रकम ठगी गरेको अभियोगमा अनुसन्धान गर्दै जाँदा उनलाई पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

बाजुरा हिमाली गाउँपालिका वडा नं. ४ बस्ने बर्ष २७ का  पाण्डेलाई मंसिर ५ गते नेपालगञ्जबाट पक्राउ गरी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर मुद्धामा मुद्धा दर्ता गरी जिल्ला अदालत स्याङ्जाबाट  ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेकोप्रहरीले जनाएको छ।

उनले स्याङ्जाका थुप्रै महिलालाई ठगी गरेको पनि खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077