Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बडिगाडमा जीप दुर्घटनामा दुईको मृत्यु

बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आज बिहान पिक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिक अप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उहाँको एक वर्षीय छोराको मृत्यु भएको छ ।

दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरीचौकीका इञ्चार्ज प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

प्रहरी निरीक्षक भण्डारीका अनुसार जीपमा सामान लाद्ने क्रममा गुडेर जीप दुर्घटना भएको हो ।

उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको छ । चालक रविलाल बुढाले सामान लाद्ने क्रममा जीप अचानक गुडेको थियो । चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077