Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एसएसपी अशोक सिंहले सम्हाले काठमाडौं परिसरको कमाण्ड

    एसएसपी अशोक सिंहले सम्हाले काठमाडौं परिसरको कमाण्ड

    अनलाइन नेपाल
  • सोमबार, ८ मंसिर २०७७
  • 8.7K
    SHARES

    काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा सरुवा भएका एसएसपी अशोक सिंह आज परिसर हाजिर भएका छन्।

    गृह मन्त्रालयको मंसिर ५ गतेको निर्णय अनुसार एसएसपी  सिंहको काठमाडौं परिसरमा सरुवा भएको थियो।



    एसएसपी  सिंहले आजैबाट परिसरको कमाण्ड सम्हालेका छन् । सिंह प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए । उनले एसपी छँदा पनि परिसरमा बसेर काम गरेका थिए। एसएसपी सिहलाई एसपी सोमेन्द्र सिह राठौर लगायतले स्वागत गरेका थिए।



    कमाण्ड सम्हाले लगत्तै उनले मातहतका निकायलाई कडा ब्रिफिङ गरेको बुझिएको छ ।

    एसएसपी  सिंहले काठमाडौंको शान्ति सुरक्षाका लागि आफूले कुनै कसर बाँकी नराख्ने जानकारी गराएका छन् ।

    एसएसपी सिंह गुण्डाप्रति आक्रमक हुने प्रहरी अधिकारी हुन।

    गृह मन्त्रालयले अवधि नै नपुगी काठमाडौं परिसर प्रमुख रहेका एसएसपी श्याम ज्ञवालीलाई हेडक्वार्टर तानेर उनको ठाउँमा एसएसपी  सिंहलाई सरुवा गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार