Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा नेपालद्वारा सीमा नाका खुलाउन माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले बन्द रहेको नेपाल–भारतको सीमा खुलाउन सरकारसँग माग गरेको छ ।

जसपा नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आज एक विज्ञप्ति जारी गरी नाका खुलाउन माग गरेका हुन् ।

लामोसयदेखि सीमा नाका बन्द गरिएको कारणले देशको अर्थतन्त्र धाराशायी हुनुको साथै सीमा क्षेत्र खासगरी तराई मधेशका जनताको जीवन अत्यन्त कष्ठकर हुँदै गएको जसपाको भनाइ छ ।

यस्तै जनताको कृषि, शिक्षा, स्वास्थ्य उपचार रोजगारी, आर्थिक, समाजिक लगायतका क्षेत्रमा पनि गम्भीर समस्या भएको जसपाले जनाएको छ ।

जनताको जीवनलाई थप कष्टकर हुन नदिनका लािग सरकारले भारतसँग जोडिएका सीमानाकालाई तत्काल खुला गरी व्यवस्थित एवं सहज गर्न सो पार्टीले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077