Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१२ हजार रुपैयाँ घुस लिएको आराेपमा वन रक्षकबिरूद्ध मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्माविरुद्ध मंगलवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए ।

आयोगले गरेको अनुसन्धानमा सेवाग्राहीसँग वन रक्षकले घुस लिएको समेत पुष्टि भएको छ ।

आयोगले आरोपी वन रक्षक विश्वकर्माविरुद्ध बिगो अनुसारको कारवाहीको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077