Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अर्थमन्त्री एवम् नेकपा महासचिव पौडेललाई बुटवलमा कालो झण्डा

    अर्थमन्त्री एवम् नेकपा महासचिव पौडेललाई बुटवलमा कालो झण्डा

    अनलाइन नेपाल
  • बुधबार, १० मंसिर २०७७
  • 2.2K
    SHARES

    बुटवल । अर्थमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिवविष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ ।

    आफ्नो निर्वाचन क्षेत्र (रुपन्देही–२) को सैनामैना मा.बि रानिबगिया र पर्रोहा मा.बि. मुर्गियाको नव निर्मित भवनको उदघाटन गर्न त्यसतर्फ जान लागेका नेता पौडेललाई नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले तिनाउ पुल नजिक नेपालगञ्ज रोडमा कालो झण्डा देखाएका हुन् ।



    कालो झण्डा देखाउन पुगेकाहरुलाई प्रहरीले हटाएपछि मात्रै नेता पौडेल आफ्नो गन्तव्यतर्फ लागेका थिए ।



    यद्यपी प्रहरीले कालो झण्डा देखाउने कसैलाई पनि नियन्त्रणमा भने नलिइएको जनाएको छ ।

    बालुवाटारको सरकारी जग्गा आफ्ना छोराको नाममा गराएको र वर्तमान सरकार एकपछि अर्को ठूला भ्रष्टाचारमा मुछिएको हुँदा पौडेललाई कालो झण्डा देखाएर नेविसंघले जनाएको छ ।

    त्यसो त पौडेलले गत संसदीय चुनावमा बुटवललाई स्थायी राजधानी बनाउने मुख्य चुनावी एजेण्डा बनाएका थिए ।

    तर, चुनाव जितेर आएका पौडेलले अहिले अर्थमन्त्री पदसँग राजधानी साटेको आरोप त्यहाँकै जनताले लगाउँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार