Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • जी–२० अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री पौडेल भारत प्रस्थान

    जी–२० अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री पौडेल भारत प्रस्थान

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 582
    SHARES

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल भारत प्रस्थान गरेका छन् ।

    जी-२० का अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल बिहीबार भारत प्रस्थान गरेका हुन् ।



    अर्थमन्त्री पौडेल दिउँसो सवा २ बजे नेपाल एयरलायन्सको जहाजमार्फत भारत गएको उनको निजी सचिवालयले जनाएको छ ।



    जी-२० अर्थमन्त्रीहरूको सम्मेलन फागुन १२ र १३ गते भारतको बेङलुरुमा हुँदैछ ।

    सम्मेलनका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारत, चीनलगायत विभिन्न देशका समकक्षीहरूसँग छलफल गर्ने कार्यक्रम छ ।

    अर्थमन्त्री पौडेल फागुन १३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार