Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • जी-२० को स्थायी सदस्यमा अफ्रिकी संघ

    जी-२० को स्थायी सदस्यमा अफ्रिकी संघ

    अनलाइन नेपाल
  • शनिबार, २३ भाद्र २०८०
  • 564
    SHARES

    एजेन्सी । जी-२० मा अफ्रिकी संघ (अफ्रिकी युनियन) पनि सदस्य बनेको छ ।

    भारतको राजधानी नयाँदिल्लीमा जारी जी-२० शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अफ्रिकी संघलाई समूहको स्थायी सदस्यका रूपमा स्वागत गरेका हुन् ।



    भारतीय विदेशमन्त्री एस जयशंकरले अफ्रिकी संघका अध्यक्षसमेत रहेका कोमोरोसका राष्ट्रपति अजाली असौमानिलाई जी-२० ब्लकमा स्वागत गरे ।



    यसअघि जी-२० मा १९ मुलुक र युरोपेली संघ थियो । जी २० को पछिल्लो सदस्य युरोपेली संघ थियो । अब अफ्रिकी संघसमेत सहभागी भएपछि जी-२० को सदस्यमा १९ राष्ट्र दुई महादेशीय संघ रहेका छन् ।

    यसअघि जी-२० मा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, जापान, कोरिया, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्किए, बेलायत, अमेरिका र युरोपेली संघ थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार