Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बर्दिवासमा भोलिसम्म निषेधाज्ञा

बर्दिबास । महोत्तरीको बर्दिवास फेरि पनि आन्दोलित भएको छ ।

मङ्गलबार प्रहरीको गोली लागी घाइते भएका बर्दिवास–१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको खबरले यहाँ आज फेरि आन्दोलन चर्केको हो ।

आन्दोलन चर्किएसँगै जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबासमा निषेधाज्ञा लगाएको छ।

प्रहरीले चलाएको गोली लागेर घाइते भएका बर्दिबास नगरपालिका वडा नम्बर १ का ४२ वर्षीय सञ्जय भन्ने बुद्धिराम न्यौपानेको गए राति मृत्यु भएको थियो।

मंगलबार गोली लागेका न्यौपानेलाई हेलिकप्टरबाट ग्राण्डी अस्पताल ल्याएर उपचार गरिएकोमा गए राति उनको मृत्यु भएको हो।

उनको तीघ्रामा गोली लागेको थियो। न्यौपानेको मृत्युपछि बुधबार बिहानदेखि नै बर्दिबासमा प्रदर्शन भइरहेका थिए।

थप प्रदर्शन हुन नदिन भन्दै प्रशासनले आज बिहान ९ बजेदेखि भोलि बिहानसम्म निषेधाज्ञा लागू गरेको छ।

बर्दिबास नगरपालिका वडा नम्बर १४ की ६ वर्षीया बालिका गुलाब साह खातुनको शव बोरामा भेटिएपछि बर्दिबासमा तनाव सिर्जना भएको थियो ।

बलात्कारपछि बालिका हत्या गरिएको भन्दै स्थानीय बासिन्दा आन्दोलन गरिरहेका छन्।

स्थानीयले बालिकाको शव सडकमा राखेर मंगलबार प्रदर्शन गरेका थिए भने आरोपितको घरमा आगजनी भएको छ ।

भीड नियन्त्रणमा लिन भन्दै प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका थिए।

निषेधाज्ञा पूर्वमा रातुखोला, पश्चिममा माइस्थानचोक, उत्तरमा पाटेचोक र दक्षिणमा क्वार्टरचोक क्षेत्रमा निषेधाज्ञा लगाइएको छ ।

बालिका हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077