Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

५० बिघामा लगाइएको अवैध गाँजाखेती नष्ट

चितनवन । ५० बिघामा लगाएको अवैध गाँजाखेती नष्ट गरिएको छ ।

चितवन प्रहरीले राप्ती नगरपालिका–११ को डिटार, गाल्चन भन्ज्याङ, कुचुरभित्ता, सुरकुन्डेभित्ता, मास्कीडाँडा, वडा नं १२ को कोधानवाङ गैरी, एउरालीटार, हुमपुङ, चाटराङ, कामीडाँडा, वतैलपोखरी र वडा नं १३ को कालीटार, मेटाङक्लौ, च्योदिङ, बाङसिलिङ र कालीखोलालगायतका स्थानमा लगाएको अवैध गाँजा नष्ट गरेको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले दुई दिन लगाएर गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।

उनका अनुसार ५० बिघामा लगाइएको करिब ३६ लाख गाँजाको बोट नष्ट गरिएको छ । ती वडाका बस्तीमा स्थानीयवासीसँग जनचेतनामूलक अन्तक्र्रियासमेत सम्पन्न गरिएको प्रवक्ता थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077