Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिआईबीद्धारा २६ करोड ठगी मुद्दामा फरार लम्बोदर न्यौपाने पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले नेपाल इन्जीनीयरिङ कलेज चाँगुनाराण भक्तपुरका अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई ठगी मुद्दा पक्राउ गरेको छ ।

मन्थली नगरपालिका–८ रामेछाप, घर भई हाल चण्डोल बस्ने ६४ वषिय न्यौपामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २६ करोड ठगीमा मुद्दा दायर गरेपछि उनी फरार थिए ।

सिआईबीको टोलीले न्यौपानेलाई चण्डोलबाट पक्राउ गरेको सिआईबी प्रमुख डिआईजी सहकुल थापाले बताए ।

उनीबिरुद्ध आयोगले तत्कालिन आयुक्त राजनारायण पाठकसँगै भ्रष्टाचार मुद्दा दायर गरेको थियाे ।

तत्कालीन आयुक्त पाठकले नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादसम्बन्धी उजुरी मिलाइदिने भनी उक्त कलेजका सञ्चालक न्यौपानेले दिएको ७८ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले नै मुद्दा दायर गरेको थियो । पछि उनी धरौटिमा रिहा भएका थिए ।

अख्तियारले कलेजका संचालकहरुसमेत न्यौपानेबिरुद्ध २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ ५१ पैसा बिगो कायम गरेको छ ।

स्वयं न्यौपानेका नाममा मात्रै ३ करोड ७१ लाख ५३ हजार ६ सय ५० रुपैयाँ बिगो कायम गरिएको थियो ।

तर उनी मुद्दा दायरपछि फरार थिए । न्यौपानेमाथि नेपाल इन्जीनीयरीङ कलेजलाई सरकारले भोगाधिकार दिएको जग्गासमेत गैरकानुनी रुपमा दर्ता गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077