Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिआईबीद्धारा २६ करोड ठगी मुद्दामा फरार लम्बोदर न्यौपाने पक्राउ

    सिआईबीद्धारा २६ करोड ठगी मुद्दामा फरार लम्बोदर न्यौपाने पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १० मंसिर २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले नेपाल इन्जीनीयरिङ कलेज चाँगुनाराण भक्तपुरका अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई ठगी मुद्दा पक्राउ गरेको छ ।

    मन्थली नगरपालिका–८ रामेछाप, घर भई हाल चण्डोल बस्ने ६४ वषिय न्यौपामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २६ करोड ठगीमा मुद्दा दायर गरेपछि उनी फरार थिए ।



    सिआईबीको टोलीले न्यौपानेलाई चण्डोलबाट पक्राउ गरेको सिआईबी प्रमुख डिआईजी सहकुल थापाले बताए ।



    उनीबिरुद्ध आयोगले तत्कालिन आयुक्त राजनारायण पाठकसँगै भ्रष्टाचार मुद्दा दायर गरेको थियाे ।

    तत्कालीन आयुक्त पाठकले नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादसम्बन्धी उजुरी मिलाइदिने भनी उक्त कलेजका सञ्चालक न्यौपानेले दिएको ७८ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले नै मुद्दा दायर गरेको थियो । पछि उनी धरौटिमा रिहा भएका थिए ।

    अख्तियारले कलेजका संचालकहरुसमेत न्यौपानेबिरुद्ध २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ ५१ पैसा बिगो कायम गरेको छ ।

    स्वयं न्यौपानेका नाममा मात्रै ३ करोड ७१ लाख ५३ हजार ६ सय ५० रुपैयाँ बिगो कायम गरिएको थियो ।

    तर उनी मुद्दा दायरपछि फरार थिए । न्यौपानेमाथि नेपाल इन्जीनीयरीङ कलेजलाई सरकारले भोगाधिकार दिएको जग्गासमेत गैरकानुनी रुपमा दर्ता गरेको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार