Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लद्दाख बिवादमा भारतको पक्ष लिँदै अमेरिकी सांसदले दिए चीन बिरोधी बयान

    लद्दाख बिवादमा भारतको पक्ष लिँदै अमेरिकी सांसदले दिए चीन बिरोधी बयान

    अनलाइन नेपाल
  • बुधबार, १० मंसिर २०७७
  • 3.5K
    SHARES

    एजेन्सी। भारत र चीनबीच पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण लाइन (एलएसी) मा गत  मे देखि नै तनावपूर्ण रहेको छ।

    चीनले लद्दाख सीमामा अवैध निर्माण गतिविधि गरेको भन्दै  चिन्ता जनाउँदै एक प्रभावशाली अमेरिकी सांसदले अमेरिका जहिले पनि भारतकोपक्षमा रहेको वताएका छन् ।



    चिनियाँ सरकार वा अरु कसैले  उक्त क्षेत्रमा शान्ति र स्थिरता चुनौतीका लागि प्रतिरोध गर्ने पनि उनले वताए ।



    प्रजातान्त्रिक कांग्रेसका राजा कृष्णमूर्तिले समाचार एजेन्सी पीटीआईलाई भने, ‘म भारतसँगको विवादित सीमामा चिनियाँ सैन्य निर्माणको सार्वजनिक रिपोर्टको बारेमा सचेत र चिन्तित छु। यदि यी रिपोर्टहरू सहि छन् भने त  चीनमा सैनिक उत्तेजनाका कारण तनाव बढ्नेछ।’

    उनले थपे, ‘संयुक्त राज्य अमेरिका जहिले पनि भारत-प्रशान्त क्षेत्रमा हाम्रा भारतीय सहयोगीहरुका साथ खडा रहनेछ, जबकि चिनियाँ सरकार वा अरु कोहीले पनि शान्ति र स्थायित्वलाई चुनौती दिने कसैको प्रयासको विरोध गरिरहने छ।’

    भारतीय संचारमाध्यमका अनुसार इलिनोइसको मेरिक शहरका भारतीय-अमेरिकी कांग्रेसीले पूर्वी लद्दाखमा चिनियाँहरूले चलिरहेको निर्माण गतिविधिको उपग्रह फोटोग्राफहरूको रिपोर्टको प्रतिवेदनमा आफ्नो राय व्यक्त गरेका हुन ।

    जुलाईमा अमेरिकी प्रतिनिधिमण्डलले एलएसीको साथ भारतबिरूद्धको चीनको आक्रमकता अन्त्य गर्न कृष्णमूर्तिको द्विपक्षीय संशोधनको माग गर्दै आफ्नो वार्षिक राष्ट्रिय रक्षा प्राधिकरण ऐन पारित गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार