Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • लद्दाखमा ७ भारतीय सैनिकको मृत्यु , १९ जना गम्भीर घाइते

    लद्दाखमा ७ भारतीय सैनिकको मृत्यु , १९ जना गम्भीर घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, १३ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    एजेन्सी। भारतको लद्दाखमा सेनाको गाडी दुर्घटना हुँदा ७ सैनिकको मृत्यु भएको छ छ भने १९ जना गम्भीर घाइते भएका छन् ।

    समाचार एजेन्सी पीटीआईका अनुसार  सेनाका प्रवक्ताले लद्दाखको परतापुरस्थित ट्रान्जिट क्याम्पबाट २६ जना सैनिक बोकेर सबसेक्टर हनिफतर्फ गइरहेको बताएका छन् । बाटोमा कार सडकबाट चिप्लिएर श्योक नदीमा खसेको थियो ।



    यो नदीको गहिराई करिब ५० देखि ६० फिट रहेको छ । तीमध्ये सात जनाको मृत्यु भइसकेको छ । १९ सैनिक गम्भीर घाइते भएका छन् । श्योक नदी लद्दाखको तुर्तुकमा छ।



    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

    शोक व्यक्त गर्दै  मोदीले लेखेका छन्, ‘लद्दाखमा भएको बस दुर्घटनामा सेनाका जवानको मृत्युबाट धेरै दुःखी छु। यी बहादुर सिपाहीहरूको परिवारलाई मेरो समवेदना ! घाइते सैनिकहरू चाँडै निको होस् भन्ने कामना गर्दछु। आवश्यक सबै सहयोग उपलब्ध गराइनेछ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार