Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • चीनद्वारा लद्दाख नजिक मिसाइल र रकेट रेजिमेन्ट तैनाथ, भारत चिन्तित

    चीनद्वारा लद्दाख नजिक मिसाइल र रकेट रेजिमेन्ट तैनाथ, भारत चिन्तित

    अनलाइन नेपाल
  • सोमबार, १३ मंसिर २०७८
  • 2.3K
    SHARES

    एजेन्सी। चीनले वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिक पूर्वी लद्दाख क्षेत्रमा आफ्नो सैन्य पूर्वाधार बढाउनने तयारी गरेको छ । जसमा भारतले चिन्ता व्यक्त गरेको छ।

    अँग्रेजी पत्रिका ‘लाइभ मिन्ट’का अनुसार दुई देशबीचको भर्खरै भएको वार्तामा भारतीय पक्षले पूर्वी लद्दाख क्षेत्रमा चिनियाँ सेनासँग यस विषयमा छलफल गरेको थियो।अखबारले लेखेको छ, चीनले एलएसीमा नयाँ सेना निर्माण गरिरहेको  छ। जसमा बस्ने ठाउँ, सडक, नयाँ राजमार्ग लगायतका हतियारहरु आफ्नो छेउमा मिसाइल रेजिमेन्टहरु तैनाथ गरेको छ । जसका कारण भारतीय पक्ष निकै चिन्तित छ ।



    राजमार्ग फराकिलो र नयाँ हवाई स्ट्रिपहरू निर्माण भइरहेकामा विशेषगरी सैन्य पूर्वाधारमा वृद्धि महत्वपूर्ण रहेको  छ । यी हवाई स्ट्रिपहरू मुख्य एयरबेस काशगर, गरगुन्सा र होटनबाट अलग छन्।  एलएसीमा चिनियाँ सेनाको सम्पर्कलाई थप सुधार गर्ने प्रमुख राजमार्ग पनि निर्माण भइरहेको छ।’



    चीनले आफ्नो वायुसेना र सेनाको लागि यस्तो पूर्वाधार निर्माणमा पनि ध्यान केन्द्रित गरिरहेको छ, जसले धेरै कठिन क्षेत्रमा अमेरिकी र अन्य भूउपग्रहहरूबाट बचाउन सक्छ।

    यस प्रयासको एक भागको रूपमा, तिब्बत र यस क्षेत्रलाई बुझ्ने मानिसहरूलाई भर्ती गर्ने प्रयासहरू भइरहेका छन्, जो  सुरक्षा बलहरूमा खटिनेछन्।

    गत हिउँदसँग तुलना गर्ने हो भने यसपटक चीनको बासस्थान, सडक सञ्जाल धेरै राम्रो रहेको र यहाँको हावापानीसँग बढी अभ्यस्त भएको स्रोतले बताएको छ ।

    चीनको सेना पिपुल्स लिबरेशन आर्मीले तिब्बत स्वायत्त क्षेत्रमा रकेट र मिसाइल रेजिमेन्टहरू तैनाथ गरेको छ।

    यससँगै चीनले ठूलो संख्यामा ड्रोन पनि तैनाथ गरेको छ, जसमध्ये अधिकांशलाई यस क्षेत्रमा निगरानीका लागि राखिएको छ । -बिबिसी हिन्दी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार