Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • प्रधानमन्त्री ओलीले भने -अब कसैले अनाथ भएँ भन्नुपर्दैन, सरकारले रेखदेख गर्छ

    प्रधानमन्त्री ओलीले भने -अब कसैले अनाथ भएँ भन्नुपर्दैन, सरकारले रेखदेख गर्छ

    अनलाइन नेपाल
  • बिहिबार, ११ मंसिर २०७७
  • 3.6K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले  सरकार सरकार सुशासन र विकास अभियानमा अगाडि लम्किरहेको दाबी गरेका छन् ।

    प्रधानमन्त्री ओलीले अब कसैलाई एक्लो महशुस गर्न नदिने तथा अनाथ वा सहाराविहीन भएँ भन्नु नपर्ने  पनि उल्लेख गरे ।



    सामाजिक सुरक्षा दिवसका दिन आज भिडिओ सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कसैले अनाथ भएँ भन्नु पर्दैन। अनाथ हुनु दुस्खको कुरा हो।अनाथ भएँ भनेर रेखदेख गर्ने कोही छैन भन्नुपर्ने अवस्था छैन। सहारा छैन भन्नुपर्दैन। सरकार छ। राज्य छ।’



    प्रधानमन्त्री ओलीले योगदानमा आधारीत सामाजिक सुरक्षा अवधारणा सुरू गरिसकिएको पनि बताए।

    समाजका कोही पनि सदस्य सुरक्षा नपाएर त्रसित भएर जीवनयापन गर्न नपरोस् भनेरै यस्ता कार्यक्रम लागू गरिएको उनले वताए ।

    सरकार सुशासन र विकास अभियानमा अगाडि लम्किरहेको प्रधानमन्त्रीको भनाइ छ।

    देश र जनताप्रति निष्ठा भएको सरकारले कसैलाई पनि एक्लो नछोड्ने र एक्लो महशुस गर्न नदिने प्रधानमन्त्री ओलीले बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार