Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दाङमा पाँचवटा गोली लागेर घाइते अवस्थामा पौडेल फेला

दाङ। पाँच वटा गोली लागेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका–१३ बराहाखुटीका ४५ वर्षीय खुसलराम पौडेल जङ्गलमा फेला परेका छन् ।

गोली लागेर गम्भीर घाइते भएको अवस्थामा उनी फेला परेका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार पौडेलको ढाडमा ३ वटा र दाहिने खुट्टाको तीघ्रामा थप २ वटा गोली लागेको छ।

घाइतेको बाँकेको नेपालगञ्ज नरसिंह होममा उपचार भइरहकेको छ।

पौडेललाई कसले गोली हानेको हो भन्ने खुलेको छैन। उनी वन्यजन्तु शिकार गर्न  गएको हुन सक्ने आशंका  गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077