Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुर कारागारको पर्खाल नाघेर कैदी फरार, घटना रहस्यमय !

भरतपुर। चितवनको भरतपुर कारागारमा रहेका एक जना  कैदी रहस्यमय रुपमा  फरार भएका छन् ।

जबर्जस्ती करणी मुद्धामा कैद भुक्तान गरिरहेका ती कैदी सुरक्षा घेरा तोडेर भाग्न सफल भएका हुन ।

कालिका नगरपालिका बस्ने ४५ वर्षका रेशमलाल श्रेष्ठ भागेको कारागार प्रमुख कमल काफ्लेले जानकारी दिए ।

श्रेष्ठ कारागारको पर्खाल नाघेर भागेको काफ्लेको भनाई छ ।

जबर्जस्ती करणी मुद्धामा २०७७ साउन ४ गते बाट कैद भुक्तान गरिरहेका श्रेष्ठको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ कारागारको चौरबाट भित्र पस्ने क्रममा संख्यामा कमि आएपछि उनी भागेको खुलेको थियो । स्रोतका अनुसार श्रेष्ठलाई भगाउन सहयोग गरिएको आशंकाका सुरक्षा गार्डदेखी कर्मचारीसम्म छानविन प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077