Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता श्रेष्ठ

काठमाडौं । न्याय परिषद् सदस्यमा प्रस्तावित वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम अनुमोदन भएको छ ।

संसदीय सुनुवाई समितिको बैठकले न्याय परिषद् सदस्यमा प्रस्तावित वरिष्ठ अधिवक्ता श्रेष्ठको नाम अनुमोदन गरेको हाे । समितिको शुक्रबार बसेको बैठकबाट श्रेष्ठको नाम सर्वसम्मतिबाट अनुमोदन भएको हो ।

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले न्याय परिषदमा कार्यपालिका हावी रहेसम्म न्यायालय स्वतन्त्र हुन नसक्ने बताएका थिए ।

संसदीय अनुमोदनसँगै श्रेष्ठको चार वर्षका लागि परिषद् सदस्य बन्ने बाटो खुलेको छ । संसदीय समितिमा उनले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए ।

नेपाल बार एसोसिएसन, कार्यसमितिको २२ कात्तिकमा बसेको बैठकले न्यायपरिषदमा श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077