Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ६ वर्षीय छोरीलाई पटक-पटक बलात्कार गरेकाे आरोपमा बाबु पक्राउ

    ६ वर्षीय छोरीलाई पटक-पटक बलात्कार गरेकाे आरोपमा बाबु पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १४ मंसिर २०७७
  • 3K
    SHARES

    जनकपुरधाम । ६ वर्षीया छोरीलाई पटक-पटक बलात्कार गरेकाे आरोपमा बाबु पक्राउ परेका छन् ।

    भारतको मुज्जफरपुर घर भइ सर्लाहीको हरिपुर नगरपालिका-६ स्थित ससुरालीमा बस्ने ३५ वर्षीय पुरुषलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।



    इलाका प्रहरी कार्यालय हरिपुरबाट खटेको प्रहरी टोलीले आरोपी पुरूषलाई पक्राउ गरेको हो । प्रहरी प्रवक्ता कुँवरका अनुसार ६ वर्षीया छोरीलाई पटक-पटक करणी गरेको आमाको उजूरीपछि उनलाई पक्राउ गरिएको हाे ।



    छोरीले भनेपछि आमाले घटनाबारे थाहा पाएकी थिइन्। शनिबार बिहान आमाले निवेदन लेखाइ प्रहरीमा दिएको र आरोपी बुवालाई पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार