Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • आफ्नै छोरासहित २ जनालाई एसिड प्रहार गरेको अभियोगमा बाबु पक्राउ

    आफ्नै छोरासहित २ जनालाई एसिड प्रहार गरेको अभियोगमा बाबु पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ७ मंसिर २०७८
  • 1.1K
    SHARES

    सांकेतिक तस्बिर

    सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले आफ्नै २५ वर्षीय छोरासहित २ जनालाई एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सोलुदुधकुण्ड नगरपालिका-५ सल्लेरी बस्ने ५० वर्षीय मोहन बराईली रहेका छन्।



    बराईलीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । बराइलीले मादक पदार्थ सेवन गरी २ जनालाई घाइते बनाएको प्रहरीको भनाइ छ।



    घाइते दुवै जनालाई जिल्ला अस्पताल फाप्लु हुँदै थप उपचारको लागि बीर अस्पताल काठमाडौं रिफर गरिएको प्रहरीको भनाइ छ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार