Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • मुस्कान खातुन एसिड प्रकरण : कैद सजाय सुनाइएका फरार युवक पक्राउ

    मुस्कान खातुन एसिड प्रकरण : कैद सजाय सुनाइएका फरार युवक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १३ असोज २०७८
  • 2.6K
    SHARES

    पर्सा । पर्सा प्रहरीले एसिड प्रहार मुद्धामा सजाय सुनाइएका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको परोहा गाउँपालिका वडा नं. ७ घर भई बी.म.न.पा–२, छप्कैया बस्ने वर्ष १९ वर्षी समशाद मियाँ रहेका छन्।

    २०७६ साल भदौ २० गते १५ वर्षीया बालिकालाई एसिड प्रहार गरेका उनी सोही दिन पक्राउ परेका थिए। ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्नेसम्बन्धी कसूरमा अनुसन्धान तथा अभियोजनका लागि पर्सा जिल्ला अदालतले उनलाई तत्काल पुर्पक्षको लागि बालसुधार गृहमा पठाउन आदेश दिएको थियो।



    कोरोना महामारीका कारण २०७६ साल चैत ११ को अदालतको आदेशानुसार उनलाई संरक्षकको जिम्मा लगाइएको थियो। २०७७ फागुन २६ गते जिल्ला अदालतले निजलाई बाँकी कैद ५ महिना १६ दिन पुनः बालसुधार गृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय तोकेको थियो। उक्त फैसला कार्यान्वयन गर्ने सिलसिलामा मियाँ फरार भएका थिए।



    २०७६ साल भदौ २० गते मुस्कान खातुनमाथि एसिड प्रहार भएकाे थियाे। घटनामा वीरगन्जकै मजिद मियाँ र शमशाद मियाँलाई प्रहरीले पक्राउ गरेको थियो। मजिदले राखेको प्रेम प्रस्ताव मुस्कानले अस्विकार गरेपछि शमशादको सहयोगमा खातनुमाथि एसिड प्रहार भएको थियो। विद्यालय जाने क्रममा खातनुमाथि एसिड प्रहार भएको थियो।

    जिल्ला प्रहरी कार्यालय, पर्साले संकलन गरेको प्रमाण र नारायणी अस्पतालले पठाएको मेडिकल रिपोर्ट बीचमा दुवै अभियुक्तको उमेरमा अन्तर देखिएको थियो। मजिदको हकमा १९ वर्ष र शमशादको हकमा १८ वर्ष तोकेर प्रहरीले अभियोगपत्र दायर गरे पनि नारायणी अस्पतालले शमशादको उमेर १६ देखि १८ वर्ष र मजिदको १८ देखि २० वर्ष हुनसक्ने बताएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार