Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • प्रेमीसँग विवाह गर्न युवतीले आफैंमाथि गराइन् एसिड आक्रमण

    प्रेमीसँग विवाह गर्न युवतीले आफैंमाथि गराइन् एसिड आक्रमण

    अनलाइन नेपाल
  • शनिबार, ५ भाद्र २०७८
  • 2K
    SHARES

    एजेन्सी – एक युवतीले आफैंमाथि एसिड आक्रमण गराएकी छिन्। उनले घरपरिवारले प्रेमीसँग विवाह गरिदिउन् भनेर आफैंलाई एसिड प्रहार गर्ने योजना बनाएकी हुन्। यसमा उनका प्रेमीले पनि साथ दिएका थिए।

    यो घटना बिहारको नालम्दा जिल्लाको हो। भारतीय प्रहरीका अनुसार ती युवती साजनकुमार नाम गरेका युवकससँग ७ वर्षदेखि प्रेममा थिइन्। युवतीको परिवारले उनीहरुको प्रेम सम्बन्धलाई अस्वीकार गरेको थियो र बिहे नगरिदिने बताएको थियो।



    यसकारण उनले आफ्नो प्रेमीसँग मिलेर एक योजना बनाइन्। शरिरको केही भाग एसिडले जलाएपछि उनका परिवार विवाह गरिदिन राजी हुने भनेर आफैंमाथि एसिड आक्रमणको योजना बनाइन्।



    योजनाअनुसार १८ अगस्टमा साजनले आफ्ना ४ साथीलाई पटनाको आलगञ्ज बोलाए। साजनकै साथीहरुले नै एसिड आक्रमण गरे। घटनाको दिन साजन युवतीसँग नै थिए। वरपरको सिसिटिभीमा पनि साजन र युवतीसँगै देखिएका थिए। त्यहाँ विपरीत दिशाबाट दुई युवक आउँछन् र जगमा राखिएको एसिड युवतीमाथि खनाएर भाग्छन्।

    प्रहरीले एसिड प्रहारमा संलग्न भएको आरोपमा समीपसहित ५ जनालाई पक्राउ गरेको छ। पक्राउ गरिएका युवकहरुसँग थप सोधपुछ भइरहेको प्रहरीले जानकारी दिएको छ। समाचारमा उल्लेख गरिएअनुसार साजन र ती युवती विवाह गर्नका लागि २०१७ मा नै घरबाट भागेका थिए। तर परिवारको दबाबका कारण पछि फर्किएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार