Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिलो बैठकमै गोल्छा र ढकालबीच घम्साघम्सी, बैंक डिफल्टरलाई महासंघमा निषेध

काठमाडौ । उद्योग वाणिज्य महासंघको निर्बाचन परिणाम आएकै दिन आइतबार भएको सपथग्रहण कार्यक्रममा विवाद भएको छ ।

आइतबारदेखि महासघंको अध्यक्ष भएका शेखर गोल्छाले सपथकै दिन आइतबार बैठक राखेर वरिष्ठ सदस्यमा पशुपति मुरारकालाई सर्वसम्मत गराएका छन् ।

गोल्छाको उक्त निर्णपछि नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल पक्षले बिरोध गर्यो ।

सपथ ग्रहणकै दिन अध्यक्ष र वरिष्ठ उपाध्यबीच घम्साघम्सी नै चल्यो । पुर्व अध्यक्ष मध्येबाट वरिष्ठ सदस्य बनाउने चलन भएकोमा ढकाल भने आफूलाई चुनाव जिताउने चण्डीराज ढकाललाई वरिष्ठ सदस्य बनाउन चाहन्थे ।

तर, गोल्छाले ढकालको इच्छामाथि तुषारापात लगाइदिए । बैंक डिफल्टर चण्डीराज ढकाललाई वरिष्ठ सदस्य बनाएर महासंघलाई पकडमा ल्याउन चाहन्थे चन्द्र ढकाल ।

चण्डी ढकाल विगत ६ वर्षदेखि महासंघमा कुनै न कुनै पदमा रहेर आफू अनुकुल काम गर्दै आइरहेका छन् । यस अघि उनी बरिष्ठ सदस्य थिए ।

राष्ट्रिय बाणिज्य बैंकको २ अर्ब भन्दा बढि ऋण नबुझाएपछि कालोसूचीमा परेका चण्डीलाई चन्द्र ढकाल अध्यक्ष बनेपछि कालोसूचीबाट हटाउने आश्वसन दिएका छन् ।

तर, पहिलो बैठकमै चन्द्र ढकाल कमजोर बनेपछि चण्डीको सपना पनि तुहिने भएको छ ।

यता, कोषाध्यक्षमा अध्यक्ष गोल्छा सुकुन्तलाल हिराचनलाई मनोनीत गर्ने पक्षमा छन् भने ढकाल पक्ष डीबी बस्नेतलाई कोसाध्यक्ष बनाउन चाहिरहेको छ ।

मानार्थ सदस्यमा भने अध्यक्ष गोल्छाले किशोर प्रधानलाई मनोनित गराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077