Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोर्चुगल पठाईदिन्छु भन्दै लाखाैं रूपैयाँ ठगी गर्ने चौधरी पक्राउ

काठमाडाैं । महानगरीय अपराध महाशाखाले पोर्चुगल पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा रुपन्देही ओमसतिया गाउँपालिका-६ घर भई काठमाडाैं सोह्रखुट्टे बस्ने ३३ वर्षका शिव नारायण चौधरी रहेका प्रहरीले जनाएकाे छ ।

उनले रुपन्देहीका २ जनालाई वैदेशिक रोजगारको लागि पोर्चुगल पठाईदिन्छु भनि विश्वास दिलाई राहदानी समेत लिई १६ लाख २५ हजार २५० रूपैयाँसमेत लिएका थिए ।

पक्राउ परेका चाैधरीले आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाई अफर लेटर, भिषा लगायतका कागजातहरु नक्कली बनाई ठगी गरेकाे पीडितहरुको उजुरीको आधारमा चौधरीलाई हिजाे नियन्त्रणमा लिइएकाे महाशाखाले जनाएकाे छ ।

उनलाई काठमाडाैंकाे सुन्धाराबाट पक्राउ गरीएकाे हाे । थप अनुसन्धान भइरहेकाे महाशाखाले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077