Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

फेसबुकमा अश्लिल फोटो हाल्ने धम्की दिएर ठग्‍ने दुईजना पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालय बाराले ३० हजार रूपैयाँ ठगी गरेकाे अभियाेगमा दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरी सितापुर गाउँपालिका-३ का ३१ वर्षीय रामदेव साह र सुनसरी ईटहरी उपमहानगरपालिका-२३ वर्षीय मनिषा गिरी रहेका प्रहरीले जनाएकाे छ।

उनीहरूले एक महिलालाई फेसबुक एकाउन्ट ह्याक गरी अश्लिल तस्बिर समाजिक सञ्जालमा हालिदिने भन्दै डर-धम्की दिई ३० हजार रूपैयाँ ठगी गरेका थिए ।

बाराको जितपुर सिमरा उप महानगरपालिका २ बस्ने एक महिलाले जिल्ला प्रहरी कार्यालयमा आफनो अश्लिल तस्बिर राखि दिने भन्दै ३० हजार ठगिएको भनी दिएको उजुरीको आधारमा प्रहरीले ती दुबैजनालाई पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुले ३० हजार रकम मेरो नाउँमा पठाउ नत्र तिम्रो अश्लिल तस्बिरहरू नेट मार्फत समाजिक संजालमा राखी दिन्छु भनी विभिन्न डरत्रास देखाई ठगि गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077