Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

डा. भट्टराईले भने-राजावादीको प्रदर्शन योगी नरहरिनाथको भद्दा नक्कल हाे

काठमाडाैँ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राजावादीको प्रदर्शन योगी नरहरिनाथको भद्दा नक्कल गरेकाे बताएका छन्।

राजावादीले राजधानी काठमाडौंमा प्रदर्शन गरेको दिन सोमबार पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत राजावादीले ०१७ सालका योगी नरहरिनाथहरूको भद्दा नक्कल गरेको टिप्पणी गरेका हुन्।

त्यस्तै उनले राजावादीको प्रदर्शनलाई प्रायोजित हर्कतको संज्ञा पनि दिएका छन्। साथै उनले आफ्नो पुस्ताले ल्याएको गणतन्त्र रक्षा गर्न नाति पुस्ताको जन्म भइसकेको चेतावनी पनि राजावादीलाई दिएका छन्।

‘यौटै शैलीमा देशका प्रमुख सहर र काठमाडौंमा गरिएका राजावादीहरूका प्रायोजित हर्कतले ०१७ सालका योगी नरहरिनाथहरूको भद्दा नक्कल गरेको प्रस्टै छ,’ डा. भट्टराईले ट्विटरमा लेखेका छन्, ‘तर यो २१औं शताब्दी हो। सार्वभौम बनेका जनता फेरि दासतामा फर्कने छैनन्। हाम्रो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षा गर्न नाति पुस्ता जन्मिसकेको छ है!’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077