Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कालोबजारी गर्ने ८ कम्पनीमाथि विभागकाे कारबाही

    कालोबजारी गर्ने ८ कम्पनीमाथि विभागकाे कारबाही

    अनलाइन नेपाल
  • मंगलबार, १६ मंसिर २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ विरुद्ध गतिविधि गर्ने ८ कम्पनीलाई कारबाही गरेको छ ।

    विभागद्वारा सञ्चालित दैनिक बजार अनुगमनका क्रममा कालोबजारी गरेको पाइएपछि कारबाहीमा परेका हुन् ।



    विभागको कारबाहीमा पर्नेमा काठमाडौं टोखा ५ स्थित बुढाथोकी हार्डवयर, कामनपा ९ स्थित न्यू शिव खाद्य भण्डार, कामनपा ८ मदन दास इन्टरप्राइजेज, कामनपा ३२ सूर्यचन्द्र इन्टरप्राइजेज, ललितपुर १४ स्थित निड्स मार्ट प्रा.लि र सोफिया स्टोर र ललितपुर महानगरपालिका ९ स्थित नखिपोट मिनी मार्ट रहेका छन् ।



    उक्त कम्पनीहरु मार्फत विभागले कुल १ लाख २१ हजार रुपैयाँ जरिवान असुल गरेको छ ।

    मंगलबारको बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विरुद्ध गतिविधि सञ्चालन गरेको कारबाही गरेको पाइएपछि उक्त कम्पनीहरुलाई ऐन बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार