Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • स्वास्थ्य सामग्री कालोबजारी गर्ने ३७ पक्राउ

    स्वास्थ्य सामग्री कालोबजारी गर्ने ३७ पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २० जेष्ठ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । कोरोनाको नाममा स्वास्थ्य सामग्रीलगायत अन्य अत्यावश्यक सामग्री कालोबजारी गर्ने ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    कोरोना महामारीको डेढ महिनाको अवधिमा देशभरबाट प्रहरीले अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सिमिटर, मास्क, पञ्जा, रेम्डेसिभिर लगायतका स्वास्थ्य सामग्री कालोबजारी गर्ने ३७ जनालाई पक्राउ गरेको हो ।



    यो अवधिमा पक्राउ परेका ३७ जनामध्ये १२ जना अक्सिमिटर कालोबजारी गर्ने, आठ जना पीसीआर परीक्षणको नक्कली प्रतिवेदन बनाउने, चार जना ह्यान्ड स्यानिटाइजर कालोबजारी गर्ने, तीन जना अक्सिजन सिलिन्डर कालोबजारी गर्ने तथा दुई जना रिमडेसिभिर बढी मूल्यमा बिक्री गर्ने रहेका छन् ।



    कोरोना महामारीका समयमा स्थानीय प्रशासन र सरोकारवाला निकायसँगको समन्वयमा गोप्य निगरानी तथा अनुगमन टोली परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ । पक्राउ परेकालाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसुरमा मुद्दा चलाइएको प्रहरी प्रवक्ता एवम एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार