Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • मलको कालोबजारीमा मेयरकै मिलेमतो, मौलायो धन्दा

    मलको कालोबजारीमा मेयरकै मिलेमतो, मौलायो धन्दा

    अनलाइन नेपाल
  • बुधबार, २३ असार २०७८
  • 1.9K
    SHARES

    जनकपुरधाम । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुर अगाडि मंगलबार बिहान ७ः३० बजे नै दुईवटा ट्र्याक्टरमा मलखाद लोड गरिएको थियो ।

    धनुषाको मिथिला बिहारी नगरपालिकाकी उपमेयर अनिताकुमारी साहले सामान ढुवानी नगर्न भनिरहेकी थिइन् । चालकहरूले ट्रयाक्टर सडकछेउमा उभ्याए । सोही बेला कृषि सामग्रीका शाखा प्रबन्धक रामकुमार चौधरी आइपुगे ।



    उपमेयर साहले चौधरीलाई प्रश्न गरिन्, ‘मैले कालोबजारी गर्ने सहकारीहरूलाई मल नपठाउनु भनेर तपाईलाई पत्र पठाउँदा पनि तपाईं किन सामान ढुवानी गरेर पठाउँदै हुनुहुन्छ र ? ’ जवाफमा चौधरीले भने, ‘हामीलाई माथिबाटै निर्देशन छ, किसानलाई मर्का हुन नदिन र मलखाद पठाउन । त्यसैले पठाउन लागेको छु । तपाई सक्नुहुन्छ भने प्रहरी प्रशासन बोलाएर यिनलाई रोकाई हाल्नुस् ।’



    उपमेयर साहले मल ढुवानी रोक्न सक्दो प्रयास गरिन् । तर, उनकै अगाडि ट्रयाक्टर चालकहरू सामान लिएर हिँडे । मिथिला बिहारी नगरपालिकाका मेयर अनिलकुमार यादव र प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रलाल कर्णको मिलेमतोमा मलको कालोबजारी हुन थालेपछि उपमेयर साह त्यसलाई रोक्न सक्रिय भएकी हुन् ।

    मेयरको सहयोगमा प्रशासकीय अधिकृत कर्णले छोरा राजीव कर्णको नाममा दर्ता रहेको ६ नम्बर वडाको मैत्रीय सहयोगी कृषि सहकारी संस्था लिमिटेडलाई मुख्य वितरकको सूचीमा राख्न लगाएको स्रोत बताउँछ ।

    स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा मल वितरण व्यवस्थापन समिति रहने कानुनी प्रावधान छ। तीन सदस्यीय समितिमा प्रशासकीय अधिकृत र कृषिका प्रमुख सदस्य हुन्छन् ।

    सो समितिले नै वडाहरूमा इजाजतप्राप्त मलखाद्य विक्रेता सहकारी संस्था छनोट गर्छ । त्यसपछि मल उपलब्ध गराउन कृषि सामग्री कम्पनीलाई पत्राचार गर्ने गरिन्छ । सोहीअनुसार सम्बन्धित सहकारीलाई मल उपलब्ध गराउनुपर्ने हो ।

    तर, उपमेयरले मलखादको अनुगमन गर्दा निर्धारित मूल्यभन्दा बढी रकम लिई किसानलाई मल बिक्री गरिरहेको पाइन् । मलको कालोबजारी गर्ने सहकारीलाई रोक्का गर्न कृषि सामग्रीलाई पत्राचार गरे पनि त्यसविपरीत थप मल उपलब्ध गराइएको हो । –  अन्ननपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार