Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेस नेता पाैडेल रिहा, ओली सरकारकाे सर्वसत्तावादबिरूद्ध लाग्ने घाेषणा

    कांग्रेस नेता पाैडेल रिहा, ओली सरकारकाे सर्वसत्तावादबिरूद्ध लाग्ने घाेषणा

    अनलाइन नेपाल
  • बुधबार, १७ मंसिर २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल रिहा भएका छन् ।

    बुधबार दिउँसो तनहुँकाे व्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियाे ।



    ३ घण्टाभन्दा बढी प्रहरी हिरासतमा रहेका नेता पाैडेललाई प्रहरीले बुधबार साँझ रिहा गरेकाे हाे ।



    रिहा भएलगतै वरिष्ठ नेता पाैडेलले ओली सरकारकाे सर्वसत्तावादबिरूद्ध लाग्ने बेला आएको बताएका छन् । संक्षिप्त मन्तब्य दिँदै नेता पाैडेलले कम्युनिस्ट सरकारले सर्वसत्तावाद लाद्न खाेजेकाे बताए ।

    नेता पौडेल पक्राउ परेको विषयको चौतर्फी विरोध भएपछि प्रहरीले भर्खरै नेता पौडेलसहित पक्राउ परेका कांग्रेसका नेता तथा कार्यकर्तालाई रिहा गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार