Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • घाइते मेयरका उम्मेदवार जोशीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईंदै

    घाइते मेयरका उम्मेदवार जोशीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईंदै

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 1.5K
    SHARES

    काठमाडौं। तनहुँको व्यास नगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार दीपकराज जोशीलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको छ ।

    दमौली अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो ।



    ब्यास नगरपालिका–८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका उनीमाथि आक्रमण भएको थियो । उनले नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको आरोप लगाएका छन् ।



    कांग्रेसले भने जोशीले मतपत्र च्यातेपछि स्थानीय बासिन्दाले नै आक्रमण गरेको बताएको छ । कुटपिटबाट जोशीको टाउकोमा चोट लागेको छ ।

    जोशी पूर्व गृहमन्त्री तथा कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीका छोरा समेत हुन ।

    जोशीले रामचन्द्र पौडेलका कार्यकर्ताहरुले आफुलाई हत्या गर्ने उद्देश्यले आक्रमण गरेको बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार