Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ब्यास नगरपालिकामा पछि परे मतपत्र च्यात्ने जोशी, न्यौपाने ८६ मतले अगाडि

    ब्यास नगरपालिकामा पछि परे मतपत्र च्यात्ने जोशी, न्यौपाने ८६ मतले अगाडि

    अनलाइन नेपाल
  • शनिबार, ७ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    काठमाडौं। तनहुँको ब्यास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेले अग्रता लिएका छन् ।

    न्यौपानेले स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई पछाडि पारेका हुन् । १९ हजार ७२७ मत गणना हुँदा जोशीले सात हजार ९०० मत पाएका छन् भने न्यौपानेले सात हजार ९८६ मत पाएका छन् ।



    न्यौपानेले भन्दा जोशी ८६ मतले पछि छन् । १४ वडा रहेको ब्यासमा वडा नम्बर १ देखि ८ सम्मको मत गणना सकिएको छ । अन्य वडाको भने बाँकी छ ।



    तनहुँ सदरमुकाम समेत रहेको दमौली बजार क्षेत्रमा पर्ने वडा नम्बर १, २, ३, ४, ५ मा जोशी धेरै मतान्तरले अगाडि थिए । तर वडा नम्बर ६, ७, ८ को गणना गर्दा न्यौपानेले मतान्तर घटाउँदै लगेका थिए ।

    जोशीले नै मतपत्र च्यातेपछि विवाद हुँदा ३ गते पुनः मतदान भएको वडा नम्बर ८ मा भने न्यौपानेले जोशीले भन्दा ६०० मत बढी पाएका थिए । त्यहाँ जोशीले २६९ मत पाउँदा न्यौपानेले ८६६ मत पाएका थिए ।

    कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई नेकपा एमालेले समर्थन गरेको छ ।

    ३० गतेको निर्वाचनमा जोशीलगायत उनको समूहले मतपत्र च्यातेपछि विवाद उत्पन्न हुँदा जोशीले कुटाइ खाएका थिए भने मतदान पनि रोकिएको थियो । साही वडामा जोशी धेरै पछाडि परे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार