Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • देउवाको गृह जिल्लामा ‘राजा आउ देश बचाउ’ को नारासहित मोटरसाईकल र्‍याली

    देउवाको गृह जिल्लामा ‘राजा आउ देश बचाउ’ को नारासहित मोटरसाईकल र्‍याली

    अनलाइन नेपाल
  • बुधबार, १७ मंसिर २०७७
  • 2.4K
    SHARES

    डडेल्धुरा । हिन्दु राष्ट्र घोषणाकाे माग गर्दै डडेल्धुरामा मोटरसाईकल र्‍याली तथा चर्काे नाराबाजीसहित प्रर्दशन गरिएको छ ।

    बुधबार राष्ट्रवादी युवा संगठन तथा राष्ट्रवादी नागरिक समाज डडेल्धुराले नेपाललाई राजतन्त्रसहित हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग राख्दै डडेल्धुरा सदरमुकाममा र्‍यालीसहित प्रदशन गरेको हो ।



    ‘मेची काली हल्ला छ राजा ल्याउने सल्लाह छ’, ‘राजा आउ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘हिन्दुराष्ट्र नेपाल जिन्दावाद’ ‘गणतन्त्र मुर्दावाद’भन्दै संवैधानिक राजतन्त्र पुर्नबाहालीको माग गरेर प्रर्दशन गरिएकाे थियाे ।



    र्‍यालीमा नेकपा, काँग्रेस लगायतका राजनीतिक दलका नेता कायकर्ताहरूको समेत सहभागिता रहेको थियो । डडेल्धुरा जिल्ला पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो ।

    र्‍यालीमा सहभागीहरुले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्रियता कमजोर हुँदै गएको र भ्रष्टाचार मौलाएको हुँदा मुलुकको अश्तित्व संरक्षणका लागि हिन्दु राष्ट्रसहित राजतन्त्र पुर्नस्थापना हुनुपर्ने औंल्याएका छन् ।

    राजावादीहरुले देशव्यापी रुपमा बिरोध प्रदर्शन गरेर हिन्दु राष्ट्र र राजतन्त्र फर्काउन दबाब दिईरहेका बेला डडेल्धुरा जिल्लामा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आन्दोलन गरेका प्रमुख राजनीतिक दलले भने कुनै पनि कसिमका राजनीतिक कार्यक्रमहरु आयोजनागर्न सकेका छैनन् ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसभित्र आन्तरिक गुटबन्दी मौलाइरहेका बेला राजवादीहरु सल्बलाउन थालेको स्थानीय बासिन्दाहरुले बताए ।

    आयोजक राष्ट्रवादी युवा संगठन तथा राष्ट्रवादी नागरिक समाज डडेल्धुराले मोटरसाईकल र्यालीमा सहभागी युवाहरुलाई पेट्रोल र नास्ता खर्च उपलब्ध गराईएको दाबी गरे पनि आयोजक संस्थाहरुले लाखौं रकम खर्च गरेर मोटरसाईकल र्याली प्रर्दशन गरेको स्थानीय प्रशासनले जिकिर गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय डडेल्धुराले र्याली आयोजनामा भइरहेको आर्थिक श्रोत र र्यालीमा संलग्न ब्यक्तिहरुका बारेमा सुक्ष्म ढङ्गले अनुसन्धान भईरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार