Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बीरगञ्जमा राजतन्त्रको पक्षमा विशाल प्रदर्शन,स्कुले विद्यार्थी समेत सहभागी

    बीरगञ्जमा राजतन्त्रको पक्षमा विशाल प्रदर्शन,स्कुले विद्यार्थी समेत सहभागी

    अनलाइन नेपाल
  • शुक्रबार, १९ मंसिर २०७७
  • 4.5K
    SHARES

    बीरगञ्ज । पर्साको वीरगञ्जमा राजतन्त्रको पक्षमा विशाल प्रदर्शन भएको छ । प्रदर्शनमा उनीहरुले राजतन्त्र र हिन्दू राष्ट्र पुर्नस्थापनाको माग गरेका थिए ।

    हिन्दू राष्ट्र राज संस्था पुर्नस्थापना संघर्ष समिति पर्साले ‘जनता आउ राजा ल्याउ’ नामक ब्यानरमा भएको प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका थिए ।



    बीरगञ्जको घण्टाघरबाट सुरु भएको र्‍याली बजार परिक्रमा गर्दै पुन घण्टाघर पुगेर सभामा परिणत भएको थियो । प्रदर्शनका सहभागीहरुले ‘राजा आऊ, देश बचाऊ’, ‘गणतन्त्र चाहिँदैन, देश बेच्न पाइँदैन’ जस्ता नारा पनि लगाएका थिए ।



    र्‍यालीमा स्कुल ड्रेस लगाएका विद्यार्थी समेत सहभागी भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार