Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • हिन्दुराष्ट्र पुनःस्थापनाको माग गर्दै पोखरामा राजावादीहरुको बृहत् प्रदर्शन

    हिन्दुराष्ट्र पुनःस्थापनाको माग गर्दै पोखरामा राजावादीहरुको बृहत् प्रदर्शन

    अनलाइन नेपाल
  • बुधबार, १० मंसिर २०७७
  • 3.3K
    SHARES

    पोखरा । हिन्दुराष्ट्र पुनःस्थापनाको माग गर्दै पोखरामा राजावादीहरुले र्‍याली निकालेका छन् ।

    बुधबार निकालिएको र्‍यालीमा ‘नेपाली जनता जागौं, राजा ल्याऔं, देश र धर्मको रक्षा गरौं’ भन्ने नारा लगाईएको थियो ।



    मोटरसाइकल र कारका साथमा भएको र्‍याली पोखराबजार परिक्रमा गरी मानवअधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।



    कोणसभामा बोल्दै शिवसेनाका अध्यक्ष अनिल बस्नेतले नेपाली जनतालाई राजतन्त्रबीना मुलुक संकटमा पर्ने बताए ।

    गणतन्त्र असफल भएको भन्दै नेपाली जनता सडकमा आएको उनको जिकिर थियो ।

    राजावादीहरुले निकालेको र्‍यालीले पोखराको ट्राफिक व्यवस्था दिनभर अस्तव्यस्त बनेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार