Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • राजतन्त्रकाे पक्षमा दमौलीमा पनि प्रदर्शन

    राजतन्त्रकाे पक्षमा दमौलीमा पनि प्रदर्शन

    अनलाइन नेपाल
  • शुक्रबार, २६ मंसिर २०७७
  • 2.5K
    SHARES

    दमौली । तनहुँमा राजसंस्थाका पक्षमा युवाहरूले मोटरसाइकल र्‍याली गरेका छन् ।

    राजसंस्था तथा हिन्दू राज्यका पक्षधर युवाको एक समूह राष्ट्रवादी अभियान तनहुँले दमौलीमा शुक्रबार मोटरसाइकल र्‍याली गर्दै प्रदर्शन गरेको हो ।



    तनहुँको दमौली, डुम्रे, थर्पु, दुलेगौंडालगायतका सहरबाट आएका युवाले नेपालको झण्डा बोकेका थिए । उनीहरुले राजसंस्थाको पुनर्वहाली तथा हिन्दु राज्यका पक्षमा नारा लगाएका थिए ।



    दमौली अनशन चौतारीबाट सुरु र्‍याली बजारका विभिन्न भाग, भादगाउँ, हाइस्कूलटार हुँदै दमौलीमा आएर टुंगिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार