Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पौडेलकाे गिरफ्तारीबिरूद्ध तनहुँमा कांग्रेसले प्रदर्शन गर्ने

    पौडेलकाे गिरफ्तारीबिरूद्ध तनहुँमा कांग्रेसले प्रदर्शन गर्ने

    अनलाइन नेपाल
  • बुधबार, १७ मंसिर २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस तनहुँले भाेलि तनहँमा प्रदर्शन गर्ने भएकाे छ ।

    कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गिरफ्तारी घटनाको विरोधमा बिहीबार बिहान ११ बजे बैठक बसेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने तनहुँ कांग्रेसले जनाएको छ ।



    निषेधाज्ञा तोडेका आरोपमा आज प्रहरीले वरिष्ठ नेता पौडेल, काँग्रेस जिल्ला कार्यवाहक सभापति जीतप्रकाश आलेसहित १२ जनालाई नियन्त्रणमा लिएको थियो ।



    तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न जाने क्रममा निषेधाज्ञा तोडेका आरोपमा दिउँसो २ बजे पक्राउ गरिएका वरिष्ठ नेता पौडेल साढे ५ बजे रिहा भएका थिए ।

    कांग्रेस जिल्ला कार्यवाहक सभापति आलेले घटनाको निन्दा गर्दै आन्दोलन सुरु गरिने घोषणा गरे ।

    प्रहरीसँग भएको झडपमा संविधानसभाका तत्कालीन सदस्य रामचन्द्र पौडेल, जिल्ला सचिव लक्ष्मी आचार्य, नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष सूर्यचन्द्र हड्खले, नेपाल महिला सङ्घका सभापति पवित्रा पौडेल र महासमिति सदस्य रामचन्द्र अधिकारी घाइते भएको कांग्रेसले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार