Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

२ श्रीमती हुँदाहुँदै अर्काे विवाह गर्ने वडाध्यक्ष तेस्री श्रीमतीसहित पक्राउ

सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले कुपिण्डे नगरपालिकाका एक वडाध्यक्षलाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा वनगाड कुपिण्डे नगरपालिका-९ का वडाध्यक्ष ईन्द्रबहादुर कुमाई रहेका छन् । उनलाई बहुविवाह गरेकाे आरोपमा शुक्रबार साँझ जयतपानी बजारबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार वडाध्यक्ष कुमाईसहित उनकी कान्छी श्रीमती भनिएकी ग्वाँमी विष्ट कुमाईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

घरमा दुई जना श्रीमती र दुवै श्रीमतीतर्फ ४ जना छोराछोरी हुँदाहुँदै तेस्रो श्रीमती बिहे गरेको आरोपमा स्थानीय ५ जनाले उनीविरुद्ध बहुविवाह गरेको आरोपमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा अदालत सल्यानबाट अनुमति लिएर आरोपित दुवैजनालाई नियन्त्रणमा लिएको स्याङ्जाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077