Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ज्ञानेन्द्र शाहलाई दल खोलेर प्रतिस्पर्धामा आउन पूर्वमन्त्री तामाङकाे चुनौति

काठमाडौं । पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर तामाङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति दल खोलेर प्रतिस्पर्धामा आउन चुनौती दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा केन्द्रीय सदस्य तामाङले पूर्व राजालाई कुनै पार्टीमा आउन वा कुनै पार्टी बनाएर आउन र प्रतिस्पर्धा गर्न चेतावनी दिएका हुन् ।

देशभर राजावादीहरुको प्रदर्शन भइरहेको बेला उनले भने, ‘पूर्व राजालाई कुनै पार्टीमा आउनुहुन्छ र कुनै पार्टी बनाएर आउनुहुन्छ भने स्वागत छ, प्रतिस्पर्धा गर्न तयार छौं ।’ कसैले सडकमा आएर राजा आऊ भन्दैमा नआउने बताए ।

अर्को प्रसंगमा उनले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको फरक फरक प्रतिवेदन समायोजन गरी एउटै राजनीतिक प्रतिवेदन ल्याउने सहमति बनेको दावी गरे । उनले पार्टी कुनै हालतमा नफुट्दै भन्दैैै सहमतिको ढोका खुलेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077