Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सेनाले गरेको कारबाहीमा १८ तालिबान लडाकू मारिए

    सेनाले गरेको कारबाहीमा १८ तालिबान लडाकू मारिए

    अनलाइन नेपाल
  • आइतबार, २१ मंसिर २०७७
  • 3.7K
    SHARES

    फाइल फोटो

    काबुल । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सैनिक कारबाहीमा कम्तीमा १८ जना तालिबानी लडाकू मारिएको सेनाले जनाएको छ ।

    कान्दाहार प्रान्त विद्रोही तालिबानको गढका रुपमा चिनिन्छ ।



    शनिबारदेखि प्रान्तका डन्ड, जेलाई र मरुद जिल्लामा केही दिनदेखि सैनिक कारबाही जारी रहेको अफगान रक्षा मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयले कारबाहीका क्रममा ठूलो मात्रामा हातहतियार र बारुदी सुरुङ समेत बरामद गरिएको बताएको छ ।

    तालिबान विद्रोहीहरुले उक्त घटनाका बारेमा केही बताउन चाहेका छैनन् । –सिन्ह्वा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार