Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पाकिस्तानी तालिवानले गर्‍यो अनिश्चितकालीन युद्ध विराम घोषणा

    पाकिस्तानी तालिवानले गर्‍यो अनिश्चितकालीन युद्ध विराम घोषणा

    अनलाइन नेपाल
  • शनिबार, २१ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । पाकिस्तानको तालिबान समूहले पाकिस्तान सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा गरेको छ ।

    अफगानिस्तानको तालिवान सरकारको मध्यस्थतामा वार्ता भएपछि पाकिस्तानी तालिवानले युद्धविराम घोषणा गरेको हो ।



    पाकिस्तानी तालिवान टीटीपीले अफगानिस्तानको राजधानी काबुलमा सम्पन्न वार्तामा उल्लेख्य प्रगति भएको र अर्को सूचना नभएसम्म युद्ध विराम जारी रहने बताएको छ ।



    एकजना पाकिस्तानी सरकारी अधिकारीले वार्ता सकारात्मक दिशातर्फ अघि बढिरहेको जानकारी समाचार एजेन्सी एएफपीलाई दिएका छन् । टीटीपी वर्षौंदेखि पाकिस्तानको सशस्त्र फौजविरुद्ध लड्दै आएरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार