Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • के अमेरिकाले तालिवानलाई मान्यता दिन लागेको हो ? यस्तो छ अमेरिकाको रणनीति

    के अमेरिकाले तालिवानलाई मान्यता दिन लागेको हो ? यस्तो छ अमेरिकाको रणनीति

    अनलाइन नेपाल
  • शनिबार, २३ असोज २०७८
  • 1.5K
    SHARES

    एजेन्सी। अमेरिकी नेतृत्वको सेनाले अफगानिस्तान छोडेपछि अफगानिस्तानलाई अन्तर्राष्ट्रिय सहयोग केही हदसम्म सीमित गरिएको छ।

    अफगानिस्तान एक गम्भीर आर्थिक र मानवीय संकट को सामना गरिरहेको छ।



    अमेरिकाले तालिबानसँग सुरु भएको उच्चस्तरीय वार्ताको मतलब यो होइन कि अमेरिकाले तालिबान सरकारलाई मान्यता दिइरहेको छ।



    तालिबानले १५ अगस्टमा अफगानिस्तानको नियन्त्रण लिएको थियो। कतारको राजधानी दोहामा अमेरिका र तालिबानबीच आजदेखि पहिलो पटक वार्ता हुँदैछ।

    अमेरिकी विदेश मन्त्रालयले  अमेरिका तालिबानसंग सम्पर्कमा रहेको र वार्ता भइरहेको जनाएको छ। ।

    मन्त्रालयले  धेरै मुद्दाहरुमा छलफलसंगै अफगानिस्तानमा रहेका अमेरिकी नागरिकहरुलाई देश छोड्न खोज्ने  सुरक्षित बाटो दिने मुद्दामा पनि तालिबानसंग छलफल गरिनेछ।

    वार्ताको अर्थ अमेरिकाले तालिबानको शासन स्वीकार गरेको छैन।

    वार्ताअघि अमेरिकाले तालिबानलाई समावेशी सरकार बनाउन, महिला र अल्पसंख्यकलाई सरकारमा समावेश गर्न दबाब दिने बताएको छ। – बिबिसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार