Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • पञ्जशीर लडाकूको चेतवानी – तालिबानीहरुको खुट्टा भाँचेर पठाउछौं

    पञ्जशीर लडाकूको चेतवानी – तालिबानीहरुको खुट्टा भाँचेर पठाउछौं

    अनलाइन नेपाल
  • आइतबार, १३ भाद्र २०७८
  • 3.4K
    SHARES

    एजेन्सी । अफगानिस्तानका अधिकांश प्रान्तहरु कब्जा गरेको तालिबानका लागि पञ्जशीर टाउको दुखाइको विषय बनिरहेको छ।

    पञ्जशीरमा अहिले नेसनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ)ले सरकार चलाइरहेको छ । यो फ्रन्ट तालिवानबिरोधी र इस्लामिक गणतन्त्र अफगानिस्तानको कट्टर समर्थक मानिन्छ । करिब एक लाख ७३ हजार जनसंख्या भएको पन्जशीर प्रान्तका मुख्य नेता अहमद मसुद हुन् ।



    यसो त तालिबानले पञ्जशीर उपत्यकका घेरिसकेको दाबी गरेको थियो । तर, त्यहाँ जित हासिल गर्नु उसका लागि निकै कठिन छ । अहमद मसुदको नेतृत्वमा ९ हजार विद्रोही मोर्चाबन्दी गरी लडाइँका लागि तयार रहेका छन् । पञ्जशीरको डाँडाहरुमा मसुदका जवानहरुले ठूला–ठूला मेसिन गनहरु तैनाथ गरेको समाचार हरुमा जनाइएको छ।



    सो प्रान्तमा तालिवानको शुन्य प्रभाव रहेको विवरण सार्वजनिक भइरहेका बेला आईतबार उसले आफ्ना केही लडाकू त्यसतर्फ बढेको दाबी गरेको थियो । तर, मसुदका समर्थकले तालिवानी दाबी गलत भएको भन्दै पन्जशिरमा कोही प्रवेश नगरेको प्रष्ट पारेको छ ।

    ‘पन्जशीरमा कोही तालिवान पसेको छैन र कुनै मुठभेड भएको छैन्,’ रेसिस्टेन्ट फ्रन्टका मोहम्द अलमास जहिदले भने, ‘आफ्नो प्रान्तमा तालिवान आए लखेटेर खुट्टा भाँचिदिन्छौं ।’

    पञ्जशीरका नेताहरुले आफूहरु कुनै पनि हालतमा तालिबानसँग हार नमान्ने पक्षमा रहेको बताएका छन्। उनीहरुले त्यहाँ रक्तपात हुने चेतावनी समेत दिँदै आइरहेका छन्।

    उता तालिबानका प्रवक्ता जबीहुल्ला मुजाहिदले  पञ्जशीर छिट्टै आफ्नो कब्जामा आउने बताउदै आए छन्। मसुदको नेतृत्वमा रहेको जवानहरु सैनिक पोसाकमा रहेको र युद्धका लागि तयार रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् । त्यहाँ ठूलो भिडन्तको खतरा रहेको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार