Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • तालिवानको टाउको दुख्न छोड्यो, पञ्जशीर पनि आफ्नो नियन्त्रणमा आएको दाबी

    तालिवानको टाउको दुख्न छोड्यो, पञ्जशीर पनि आफ्नो नियन्त्रणमा आएको दाबी

    अनलाइन नेपाल
  • सोमबार, २१ भाद्र २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । यसअघि टाउको दुखाईको बिषय बन्दै आइरहेको पञ्जशीर उपत्यका पनि आफ्नो नियन्त्रणमा आएको तालिबानहरुले दाबी गरेका छन्।

    तालिवानका प्रवक्ता जाबिहुल्लाह मुजहिदले एक विज्ञप्ती जारी गर्दै अफगानीको समर्थन र इश्वरको सहयोगले पञ्जशीरमाथि जित हासिल गरेको उल्लेख गरेका छन् ।



    पञ्जशीरमा नेसनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ)ले सरकार चलाइरहेको थियो । यो फ्रन्ट तालिवानबिरोधी र इस्लामिक गणतन्त्र अफगानिस्तानको कट्टर समर्थक मानिन्छ । करिब एक लाख ७३ हजार जनसंख्या भएको पन्जशीर प्रान्तका मुख्य नेता अहमद मसुद हुन् ।



    यसअघि रेजिस्टेन्स फोर्सले तालिवानलाई हमला रोक्नुपर्ने शर्त राख्दै शान्ति वार्ताको प्रस्ताव गरेको थियो। तर, भारतीय सञ्चार माध्यम भास्करले जनाए अनुसार पञ्जशीर क्षेत्रमा पाकिस्तानी पाइलटले हेलिकप्टरमार्फत हमला गरेका थिए । त्यसपछि पञ्जशीरमा रहेका रेजिस्टेन्सका प्रमुख नेता मसुदताजकिस्तान भागेको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार