Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • थप २० जनाकाे काेराेनाबाट मृत्यु, मृतककाे संख्या १६ सय १४ पुग्याे

    थप २० जनाकाे काेराेनाबाट मृत्यु, मृतककाे संख्या १६ सय १४ पुग्याे

    अनलाइन नेपाल
  • सोमबार, २२ मंसिर २०७७
  • 2.1K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । थप २० जना कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।



    यस्तै नेपालमा आज थप १ हजार १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४१ हजार ९९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा १ हजार ६२८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख २७ हजार ४३३ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार