Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंगापुर पठाईदिन्छु भन्दै लाखाैं रूपैयाँ ठगी गर्ने पक्राउ

काठमाडाैं । महानगरीय अपराध महाशाखाले सिंगापुर पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा सुनसरीकाे धरान उपमहानगरपालिका-४ बुद्धचाेक घरभई काठमाडाैं सिनामंगल बस्ने २७ बर्षका जनोज लामिछाने भनिने विशाल दर्जी रहेकाे महाशाखाले जनाएकाे छ ।

पक्राउ परेका दर्जीले सिंगापुर पठाईदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी ३ लाख ३१ हजार ९ सय रूपैयाँ ठगी गरेर फरार भएकाे रमिला श्रेष्ठले जाहेरी दिएपछि पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077