Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सर्वदलीय बैठक अगाडि नै बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहानै मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

प्रधानमन्त्री केपी ओलीले मंगलबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाएका छन्।

सर्वदलीय बैठक अगाडि नै मन्त्रिपरिषद् बैठक बसेको हो।

नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरामा सीमा विवादका विषयमा छलफल गर्न वैशाख ३१ मा पनि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए।

उक्त छलफलमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलबीच राष्ट्रिय सहमति जुटेको थियो। मन्त्रिपरिषद् बैठकबाट केही महत्वपुर्व निर्णय हुने वताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077